बैशाख १८, २०८१, मंगलबार
               

होशियार ! फैँलदै छ कोरोना भाइरसको संक्रमण

नेपाल फ्ल्यास
माघ ११, २०७६

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणबाट चीनमा ४१ जनाको मृत्यु भएको छ ।

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनमा १५ जनासहित ४१ पुगेको हो ।

चीनमा यो संक्रमण फैलँदै गएको छ । हुवेइ प्रान्तका १५ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

संक्रमण फैलन नदिन चीन सरकारले ११ वटा शहरको यात्रामा रोक लगाएको छ । 

चिनियाँ नयाँ बर्ष लुनारको विदामा विदेश भ्रमणमा जान चाहन चिनियाँ नागरिकले पनि देशभित्रै रहनु परेको छ ।

कोरोना भाइरसका कारण झण्डै तीन करोड चिनियाँ यात्रु घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यो भाइरस गएको डिसेम्बरमा पहिलोपटक वुहान प्रान्तमा पाइएको थियो । 

चीनमा एक हजारभन्दा बढी मानिसमा कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रान्स, नेपाललगायतमा पनि यो भाइरसबाट संक्रमित भेटिएका छन् । 

नेपालमा ३१ वर्षीय एक युवा पनि यो भाइरसबाट संक्रमित भएको पुष्टि भएको हो । चीनको बुहानबाट फर्किएका युवालाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

कोरोना भाइरस अनेक भाइरसमध्येको एक समूह हो । यसको संक्रमणबाट रुघाखोकीदेखि लिएर घातक संक्रमणसम्म हुन सक्छ । यो मानिसबाट मानिसमा पनि सर्न सक्छ ।


कस्तो लाग्यो ?

यो पनि