बैशाख १३, २०८१, बिहीबार
               

मिथिलाञ्चलमा होली पर्व विधिवत् सुरु

नेपाल फ्ल्यास
फागुन १५, २०७९

ADVERTISEMENT

मिथिलाञ्चलमा होली पर्व विधिवत् रूपमा सुरु भएको छ ।

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन सोमबार बिहान भंगहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले खेलाई होली पर्व थालिएको हो ।  

परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरे ।

यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यंगात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्य समेत आरम्भ हुनेछ ।

तत्कालीन समयमा भगवान् रामचन्द्र र जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ ।

धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र जानकीको डोला र परिक्रमा यात्री जम्मा भई अघिल्लो मङ्गलवारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि