बैशाख ०७, २०८१, शुक्रबार
               

देविघाटमा हरिबोधनी एकादशी मेला भर्ने श्रद्धालुको भिड

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

नुवाकोट । हरिबोधनी एकादशीको पुर्व सन्ध्यामा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा दर्शनार्थीहरुको भिड लागेको छ ।

आफ्ना दिवंगत पितृहरुको सम्झनामा आज दिप प्रज्वलन गरि सोमवार एकादशी मेला लाग्ने भएकोले देविघाटमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । दिवंगत पितृहरुको सम्झनामा दिप प्रज्वलन गरेमा पितृहरुले मोक्ष पाउनुका साथै स्वर्गमा वास हुने धार्मिक विश्वास रहिआएको छ ।

यस्तै, हरिबोधनी एकादशी मेलामा देविघाटस्थित जालपादेवीको मन्दीरमा दशमीको दिन बेलुका नुवाकोट, रसुवा, धादिङलगायत विभिन्न स्थानबाट बाजागाजासहित फूलको डोली ल्याई रातभरि भजन गाएर रमाइलो गर्ने गर्दछन् ।

 


कस्तो लाग्यो ?

यो पनि