बैशाख ०८, २०८१, शनिबार
               

छठपर्व : आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिइँदै

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

भैरहवा । भैरहवामा छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले विधिवत रूपमा मनाउँदै छन् ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि भैरहवाको सिद्धार्थनगर नगरपालिका–५ स्थित सेनाको कालीभक्ति गण र सिद्धार्थनगर–४ स्थित रामजानकी हनुमान मन्दिर परिसरमा पूजाको तयारी पूरा भएको छ ।

कात्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठ पर्व विधिवत रूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाइ तथा सजावटका काम भइरहेका छन् ।  

वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापनको काम भइरहेको छठ पूजा समारोह व्यवस्थापन समितिका संयोजक आनन्दप्रसाद गुप्ताले बताए । साँझ ५ बजेदेखि राति १२ बजेसम्म प्रवचन लगायतको कार्यक्रम रहेको उनले बताए ।

सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ ।  


कस्तो लाग्यो ?

यो पनि