चैत १६, २०८०, शुक्रबार
               

नेवार समुदायकाे आज म्ह: पूजा

नेपाल फ्ल्यास
कात्तिक १९, २०७८

ADVERTISEMENT

भक्तपुर । नेवार समुदायले आज (शुक्रबार) म्ह: पूजा मनाउँदै गरी छन् । आज साँझ काठमाडौ उपत्यकालगायत अन्य क्षेत्रमा बसोबास गर्ने  नेवार समुदायले म्ह: पूजा गर्छन् ।

साँझ परिवारका सबै सदस्य जम्मा भएर म्ह: पूजा गर्ने प्रचलन छ । म्हः को शाब्दिक अर्थ देह या शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो ।  यसरी आत्मको पूजा गर्नुलाई म्ह: पूजा भनिने संस्कृतविद् ओम धौँभडेलले बताए । 

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाको दिन म्ह: पूजा गर्ने प्रचलन रहेको उनले बताए ।

उनका अनुसार  शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ ।

सोहि मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ । म्ह: पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ ।

घरको मुलीले परिवारको अन्य सदस्यलाई टीका, सगुन लगाई दिएर पूजा गरिन्छ । पूजा सकिएपछि भोज खाने प्रचलन रहेको उनले बताए ।

म्ह: पूजाले आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । आजको दिन नेवार समुदायले चुल्हो, गाग्रीलगायत दैनिक प्रयोग हुने सामग्रीलाई पनि पूजा गर्ने प्रचलन छ । 

म्ह: पूजा गर्न विभिन्न रंगको प्रयोग गरी बनाइएको मण्डप, फलफूल, फूल, धूपबत्ती, जनैकोखा, अण्डा, माछा, मासु, अदुवा, लसून, दही, माछा (नभएमा मासु मात्र पनि राख्ने चलन छ)  लगायतको सामग्रीको आवश्यक पर्दछ । 


कस्तो लाग्यो ?

यो पनि