बैशाख १८, २०८१, मंगलबार
               

स्वास्थ्य मापदण्ड पालना गरी देउसी भैलाे खेल्न दिने सरकारको तयारी

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले यस वर्षको तिहारमा सर्वसाधारणलाई देउसी भैलाे खेल्न दिने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खेल्न दिइने गरी छलफल भएको जानकारी दिए।

गत वर्ष कोभिड-१९ का कारण गृह मन्त्रालयले देशभर नै देउसी भैलाे खेल्न रोक लगाएको थियो। यसवर्ष यसबारे निर्णय लिन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनलाई जिम्मा दिएको छ।

‘गत वर्ष पनि देउसी खेल्न दिइएन,’सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने,‘यस वर्ष दिने कुरा छ, भीडभाड नगरी खेल्नुपर्ने छ।’ उनले देउसी भैलाे खेल्ने समयबारे तीन वटै जिल्लाले निर्णय लिइ सार्वजनिक गर्ने बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त चौधरीले पनि यस वर्ष देउसी खेल्न दिनेगरी छलफल चलिरहेको बताए। उनले भने,‘छलफल भइरहेको छ,भोलि वा पर्सिसम्ममा आधिकारिक निर्णय लिन्छौँ।’ 


कस्तो लाग्यो ?

यो पनि