बैशाख १७, २०८१, सोमबार
               

सोह्रश्राद्ध आजदेखि अन्त्य हुँदै

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

काठमाडौं । हिन्दु परम्परा अनुसार मानिँदै आएको पितृपक्ष एवं सोह्रश्राद्ध आजबाट अन्त्य हुादै छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडा दशैँ र तिहार जस्ता ठूला चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने विश्वास छ ।

सोह्र श्राद्ध सकिएसँगै भोलिबाट बडादशैको नौरथा सुरु हुँदैछ । नौरथासँगै चाडपर्वको चहलपहल पनि शुरु हुँदैछ। नवरात्रको पहिलो दिन भोलि घटस्थापना परेको छ ।


कस्तो लाग्यो ?

यो पनि