बैशाख १४, २०८१, शुक्रबार
               

हिन्दु संगठनहरूद्वारा पशुपतिनाथ मन्दिर खाेल्न दबाब

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

विश्वहिन्दु परिषद् तथा अन्य हिन्दु संगठनहरूद्वारा पशुपतिनाथकाे मन्दिर तुरुन्तै खाेल्नका लागि पशुपति विकास काेषलाई दबाब दिएको छ । 
आज शुक्राबार बिहान हिन्दु संगठनका प्रतिनिधि र पशुपति विकास काेषका अध्यक्ष घनश्याम खतिवडा र सुरक्षा अधिकृतसँग बसेकाे बैठकमा सबै क्षेत्रहरू खुल्ला भएकोले करोडौं हिन्दुहरूकाे आस्थाकाे केन्द्र  पशुपतिनाथ मन्दिर पनि खाेल्नु पर्छ भन्दै दबाब दिएकाे विश्वहिन्दु परिषद्ले जनाएको छ । 

हिन्दु संगठनका प्रतिनिधिहरूले यही आउदै गरेकाे हरितालिका तिजभन्दा अगाडि नै मन्दिर खुल्ला गरेर हिन्दु महिला दिदिबहिनीहरूलाई पशुपतिनाथकाे दर्शन गर्ने बाताबरण निर्माण गर्नका लागि दबाब दिइरहेकाे र यस विषयमा पशुपति विकाषकाेष पन्छिरहेकाे आराेपसमेत लगाएका छन । 

साथै बैठकमा बाेल्दै विकासकाेषका अध्यक्षले हामी पशुपति मन्दिर खाेल्ने विषयमा सकारात्मक भएको र यस विषयमा सिडिओ साब र सुरक्षा निकायका व्यत्तिहरू सँग छलफल गरिरहेकाेले यही मसान्तसम्म पशुपति मन्दिर दर्शनका लागि खुल्ला गर्ने बताए  । साथै तत्काल उनले आजकाे भाेलि नै खाेल्न नसकिने र सबै निकायहरू र सरकारकाे अनुमति लिएर खाेल्न प्रयासमा रहेकाे समेत जानकारी दिए ।

तर यता हिन्दु संगठन विश्व हिन्दु परिषद्का महासचिव जितेन्द्र सिंहले भने  डान्सबार, चर्च, फिलिमहल चाहिँ खाेल्न हुने तर मन्दिर चाहिँ किन आजका भाेलिनै खाेल्न नहुने भन्दै १/२ दिन भित्र खाेल्नु पर्नेमा जाेड दिए साथै उनीले हिन्दुहरू माथि षडयन्त्र भइरहेकाेले हामी चुप बस्न नहुने र जसरी पनि तिज अघिनै  पशुपतिनाथ खुल्ला गर्नु पर्नै अन्यथा हामी जस्तोसुकै कदमहरू चाल्ने बताए । 

त्यसैगरी विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले भने आजकाे दिनमा सरकारमा रेहेकाे पाटिकाे  महाधिवेशनमा हजारौं कार्यकर्ताहरू जम्मा गर्न हुने अनि  विश्वकाे हिन्दुहरूकाे आस्थाकाे केन्द्र पशुपतिनाथ चाँहि खाेल्न नहुने ? भन्दै प्रश्न गरे । उनले जसरी पनि पशुपतिनाथ खाेल्नु पर्ने र सुरक्षा व्यवस्थाका लागि आवश्यक परे सेना समेत परिचालन गर्नु पर्ने कुरामा जाेड दिए । 

बैठकमा बाेल्दै पशुपति विकास क्षेत्रका सुरक्षा अधिकृतले तिज भनेकाे ठूलाे मेला हाे, यसमा सामान्य  अवस्था जस्तो हाेइन यस समयमा ३ हजार ३५ सय प्रहरी ३ हजार सशस्त्र प्रहरी साथै हजारौं स्वयंसेवकहरू परिचालन गर्नुपर्ने र अन्य धेरै व्यवस्थापनहरू गर्नु पर्ने भएकोले छाेटाे समयमा याे सबै चिजकाे व्यवस्थापन गर्न जटिल हुने भएकोले तिज अघिचाँहि पशुपतिनाथ खाेल्न कठिन रहेकाे बताए । 

तर हिन्दु संगठनका अभियानताहरूले भने जसरी पनि पशुपतिनाथ मन्दिर खाेलिनु पर्ने र ३ हजारकाे ठाउँ ६ हजार प्रहरी परिचालन गरेर र 8 घण्टाकाे ठाउँमा १६ घण्टा काम गरेर भए पनि तिज अघि पशुपतिनाथ खाेलिनु पर्ने र त्यसकाे लागि आफूहरूलेले साथ दिने बताए ।


कस्तो लाग्यो ?

यो पनि