बैशाख २४, २०८१, सोमबार
               

मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छ : प्रधानमन्त्री देउवा

नेपाल फ्ल्यास
भदौ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन् ।

आज श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन् ।

उनले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् ।

‘श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने सबैमा शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले सन्देशमा भनेका छन् । 

यो पनि