बैशाख २३, २०८१, आइतबार
               

गाईजात्रा पर्व आज

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

फाइल फोटो
ADVERTISEMENT

गाईजात्रा पर्व नेवार समुदायको विशेष पर्व हाे । प्रत्येक वर्ष भाद्राकृष्ण प्रतिपदाका दिन मुलुकभर यो पर्व धुमधामसाथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरसहित विशेष गरेर नेवार समुदायको बसोबास रहेका स्थानमा गाईजात्रा पर्व मनाइन्छ ।

यस दिन मृत्यु भएको एक वर्ष पूरा नभएकाको परिवारका सदस्यले मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा पर्न मनाउँछन् । साथै मृतक आफन्त एवं परिवारका सदस्यको सम्झनामा उनीहरुको तस्बिर राखेर पुत्लाहरु बनाउँदै  आआफ्ना ठाउँमा परिक्रमा गराउने प्रचलन छ ।  

मृतक आफन्तको प्रतिमासहित गाईको स्वरूपलाई सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दूध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ । यसरी नगरपरिक्रमा गराउँदा मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । 

गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएका हुन् । राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकमा परेकी आफ्नी रानीलाई फकाउन र हाम्रो छोराजस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू,’ भनी आज्ञा दिएको विश्वास गरिन्छ । 

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप आजसम्म सोही परम्परा अनुसार यस पर्व मनाइँदै आएको छ ।

राजा प्रताप मल्लले सुरु गरेका गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही कू पछि प्रतिबन्ध लागेको थियो । तर, नेपालमा व्यावसायिकरूपमा गाईजात्रा कार्यक्रम थिएटरमा प्रवेश गरेको २०३३ सालबाट हो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले त्यसको सुरुवात गरेको हो । सो समय पहिलो दिन राजाहरूलाई बोलाएर भीआईपी सो गरेर भोलिपल्टदेखि सात दिनसम्म टिकट बेचेर सो गर्ने चलन सुरु यो । पञ्चायती व्यवस्था रहेसम्म प्रज्ञा प्रतिष्ठानले मात्र गर्यो । बहुदलीय व्यवस्था आएपछि सरकारले गरिरहनु जरुरी छैन भनेर खुला गरियो । 

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।


कस्तो लाग्यो ?

यो पनि