बैशाख २४, २०८१, सोमबार
               

रुकमाङ्गद कटवालको प्रश्न- इसाई, मुस्लिम, बुद्धिस्ट राष्ट्र हुँदा हिन्दु राष्ट्र किन नहुने ?

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

पूर्वप्रधानसेनापति एवं हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक रूकमाङ्गद कटवालले विश्वका कतिपय मुलुक धार्मिक आधारमा परिचित हुँदा नेपालको पहिचान पनि हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने धारणा राखेका छन् ।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सुरुवात गर्दै कटवालले 'विश्वमा इसाई, मुस्लिम, बुद्धिस्ट राष्ट्र हुँदा नेपाल हिन्दु राष्ट्र हुन किन नहुने भनी प्रश्न गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा अभियानका राष्ट्रिय संयोजक कटवालले नेपालमा सबैलाई जोड्ने हिन्दु संस्कृति भएको जनाउँदै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्न अभियान सुरु गरिएको बताए ।

उनले भने- 'नेपाली धर्म संस्कार र संस्कृतिमाथि चौतर्फी आक्रमण बढी रहेकोले हामी सम्पूर्ण नेपालीहरू एकजुट भएर अगाडि बढ्नु पर्ने भएकोले म आफैँ यो राम्रो कार्य भएको महसुस गर्दै हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको राष्ट्रिय संयोजक बनेको हुँ ।'

कटवालले नेपाल र नेपालीको हित र कल्याणका लागि अभियान गरिएकोले त्यसमा आबद्ध हुन सम्पूर्ण नेपालीलाई आव्हान समेत गरेका छन् ।

सनातन पूर्वीय विचारलाई आत्मसाथ गर्दै नेपालमा लामो समयदेखि काम गर्दै आइरहेका हिन्दुत्वका अभियन्ताहरू मिलेर नेपाल राष्ट्रलाई विश्वमा पुनः हिन्दु राष्ट्रको रूपमा स्थापित गर्न राष्ट्र व्यापी जागरण अभियान सुरु गरेको उनले बताए ।

 

यो पनि