बैशाख २३, २०८१, आइतबार
               

पूर्वप्रधानसेनापति कटुवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु गरिएको छ । व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्न भन्दै जागरण अभियान शुरु गरिएको हो ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित अभियान उदघाटन कार्यक्रममा कटवालले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियानको उद्देश्य भएको बताए ।

कार्यक्रममा राजनीतिक विश्लेषक देवेश झा, गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्द, शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्य र हिन्दू स्वयंसेवक संघ नेपालका कल्याण कुमार तिम्सिनाले हिन्दू धर्मको बारेमा कुरा राख्दै जागरण अभियान सांस्कृतिक अभियानको रूपमा अघि बढ्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि