बैशाख ०७, २०८१, शुक्रबार
               

बागमतीमा दूध अर्पण, बाबुरामको आलोचना

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

काठमाडौं । सोमबार पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीहरुले एकसाथ एक सय लिटर दूध अपर्ण गरेका छन् । तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दूध अपर्ण गरिएको उनीहरुले बताएका छन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितले गंगा नदीमा दूध अर्पण गरेको विषयलाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा नेपालका हिन्दुवादीहरुले बागमतीमा एक सय लिटर दूध अर्पण गरेका हुन् । 

योगीले गंगा नदीमा दूध चढाएको दृश्यसहितको फोटोलाई लिएर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितले आलोचनात्मक टिप्पणी गरेपछि त्यसको प्रतिकारमा नेपालका हिन्दुवादी उत्रिएका हुन् । 

बाबुरामले गरिबका छोराछोरी दूध नपाएर छटपटाइरहेका बेला नदीमा पोख्नु गलत भएको बताएका थिए । तर त्यस टिप्पणीको जवाफमा पूर्वमन्त्री उमाशंकर अरगरिया, नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुर र अन्य हिन्दुवादीको उपस्थितिमा बागमतीमा दूध चढाइएको हो । 

यो पनि