बैशाख १४, २०८१, शुक्रबार
               

मन्दिर बनाउन जग खन्दा २९ वटा कलात्मक प्राचीन मूर्ति भेटिए

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

सप्तरी । अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् ।

मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आइतबार आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई हस्तान्तरण गरे ।

मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुँदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पूजारी चौधरीले बताए ।

मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियो । 


कस्तो लाग्यो ?

यो पनि