चैत १६, २०८०, शुक्रबार
               

गुरु पूर्णिमाको अवसरमा गुरु दक्षिणा

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

वीरगन्ज । हिन्दु स्वयंसेवक संघ नेपालले गुरु पूर्णिमाको अवसरमा शनिबार वीरगन्जमा गुरु दक्षिणा उत्सव गरेको छ ।

वीरगन्जको आदर्शनगरस्थित जैन भवनमा भएको कार्यक्रमका सहभागीहरूले गुरु दक्षिणा दान गरेका थिए ।

कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङले नेपालमा प्रलोभनमा पारेर धर्मपरिवर्तनको काम जारी रहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले संविधानमा हिन्दु राष्ट्र नलेखिए पनि नेपाल हिन्दु राष्ट्र भएको र रहिरहने बताए । उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति लक्षित गर्दै संस्कारको अभावमा मुलुक असहज अवस्थामा पुगेको बताए ।

विभाग संघचालक अशोक वैद्यले नेपालाई हिन्दु राष्ट्र बनाउन एकजुट भएर अघि बढ्न अपिल गरे ।  

जिल्ला संघचालक ललन द्विवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेदप्रकाश, जनकपुर सम्भाग कार्यवाहक रञ्जित साहलगायत सरिक भएका थिए ।

संघले वर्षमा एक दिन गुरु दक्षिणा कार्यक्रम गर्दै आएको छ । 

यो पनि