बैशाख २४, २०८१, सोमबार
               

कालीगण्डकी डाइभर्सन विवादको घेरामा, कार्यान्वयन नगर्न माग

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको बहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ ।

सरोकार निकायसँग छलफल नगरी परियोजना आउनु दुःखद भएको स्वामी केशवानन्द गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि नै नदी किनारमा गुरुकुल सञ्चालन हुँदै आएको स्मरण गराएको छ ।

“प्राचीन शिक्षा र सभ्यताको वहन गर्दै आर्ष परम्परालाई जीवन्त राख्दै आएको कालीगण्डकी नदीको मौलिक बहाव नै परिवर्तन गरी अन्यत्र लैजान खोज्नु दुःखद हो , यसलाई सच्याइनुपर्छ ”–उनले भने ।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको कालीगण्डकी नदी पानीमात्र नभएर वैदिक शिक्षा प्रणालीको आधार भएकाले प्राचीन सभ्यता र सांस्कृतिक मूल्यमाथि अतिक्रमण हुने गरी कालीगण्डकी डाइभर्सन परियोजना कार्यान्वयन नगर्न परिषद्ले सरकारसँग माग समेत गरेको छ ।

गुरुकुल शिक्षा पद्धतिका अनन्त स्रोतका रूपमा रहेका नदीका तटमा नै अहिले पनि गुरुकुल र आश्रम चलिरहेका छन् । प्राचीनकालदेखि नै गुरुकुल नदी किनारमै सञ्चालन हुँदै आएको छ । शिक्षा आर्जनको माध्यम बनेका नदी प्राचीन सभ्यताका साक्षी भएकाले यसको संरक्षणमा सबैको साथ हुनुपर्नेमा परिषद्ले जोड दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि