चैत १६, २०८०, शुक्रबार
               

भारतीय दूतावासले मनायो योग दिवस

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावासले India@75 ‘आजादका अमृत महोत्सव’अन्तर्गत भर्चुअल माध्यममार्फत सोमबार सातौँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको छ । योगलाई स्तरीय ढंगबाट अभ्यास गर्ने लक्ष्यले तयार परिएको तथा भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत प्रोटोकल अनुसार कार्यक्रम गरिएको थियो ।

लैनचौरस्थित दूतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरू देखाएको थिए । सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । योग गुरु लोकनाथ खनालले प्रस्तुत गरेको योगासन नेपालभरबाट हेरिएको थियो ।

योगको सन्देश र यसका फाइदाबारे सुसूचित गराउन योगका प्रचलित अभ्यासहरू नेपाली पार्श्व आवाजसहित टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।

यसबाहेक योगाचार्य सुनिल मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्य’बारे मन्थन गरिएको थियो । त्यसलाई सातै प्रदेशका दश प्रमुख एफएममार्फत प्रसारण गरिएको दूतावासले जनाएको छ ।

दूतावासले योगको महत्त्व र औचित्य प्रस्ट पार्न भर्चुअली आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ प्रतियोगितामा नेपालभरबाट सहभागिताका रहेको पनि जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । उत्तरी गोलार्द्धमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरूमा यो दिनको विशेष महत्त्व भएकोले संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन प्रस्ताव गरेका थिए । त्यो प्रस्तावले पछि गएर अनुमोदन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि