चैत १६, २०८०, शुक्रबार
               

माथिबाट ढुङ्गा खसेर चाला गुम्बामा ८० लाखको क्षति

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

सिमकोट । माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पुर्याएपछि गुम्बामा ८० लाख बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिए ।

‘गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्षति पुर्याएको छ’, लामाले भन्नुभयो, ‘ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।’

लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै ८० लाख रुपैयाँ बराबरको क्षति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताए ।

ढुङ्गाले ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको हो’, वडाध्यक्ष तामाङले थपे ।

लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका रूपमा चिनिन्छ । 


कस्तो लाग्यो ?

यो पनि