बैशाख १४, २०८१, शुक्रबार
               

ऐतिहासिक महत्वका मूर्ति चोरियो

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

जाजरकोट । काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् । मन्दिरमा रहेका  त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए ।

उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ । तीन–चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले बताए ।

चैत २४ गते स्थानीयवासीले मन्दिरमा पूजा गरेर फर्किएर फेरि मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिए । 

मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए ।

२० वर्ष पहिले पनि यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले जानकारी दिए । अहिले हराएका मूर्ति सबैभन्दा ठूलो भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि