बैशाख २६, २०८१, बुधबार
               

कोरोनाको महामारीबीच सकियो बिस्केट जात्रा

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा ९ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आइतबार साँझदेखि सम्पन्न भएको छ । गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा हिजो साँझ पुनःभैरवको रथ तानेर सम्पन्न भएको हो ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीचमा भक्तपुर र मध्यपुरथिमिमा नेवार समुदायले मनाउने बिस्केट जात्रा, सिन्दुर जात्रा र जिब्रो छेड्नेलगायत विभिन्न जात्राहरू हजारौँको सहभागितामा भव्यरूपमा मनाइएको छ ।

कोरोना महामारीको जोखिम बढे पनि त्यसको बेवास्ता गर्दै स्वास्थ्य मापदण्डकोसमेत बेवास्ता गर्दै यहाँका बासिन्दाले हर्षोल्लासका साथ ९ दिनसम्म मनाइएको जात्रा आजदेखि सम्पन्न भएको हो ।

विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ ।

जात्राको आज अन्तिम दिन साँझ टौमढीबाट रथ तान्न शुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् ।

रथलाई तानिसकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि