बैशाख २५, २०८१, मंगलबार
               

भक्तपुरमा मनाइयो सिन्दुर जात्रा

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । बिहीबार मध्यपुरथिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ ।

यो जात्रा बिस्केट जात्राका विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा पनि एक हो । 

जात्रामा सयौँ सहभागी भए पनि जनस्वास्थ्यका मापदण्ड भने पालना गरिएको छैन। यो जाात्रा  सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुने चलन छ । 

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित सिन्दुर जात्रा मनाइएको छ ।

यो पनि