बैशाख १४, २०८१, शुक्रबार
               

स्वास्थ्य सुरक्षा पालना गरेर होली मनाउन राष्ट्रपति भण्डारीकाे आग्रह

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय पुनः कोरोना भाइरस फैलिन थालेको भन्दै स्वास्थ्य सावधानी अपनाएर होली मनाउन आग्रह गरेकी छन् । अझैसम्म कोरोनाको महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीसाथ होली पर्व मनाउन आग्रह गरेकी हुन् ।

आज होली पर्वको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरुबीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छन् । साथै, यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गरेकी छन् ।

‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸विसङ्गति¸कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।

यो पनि