जेठ ०२, २०८१, बुधबार
               

हिन्दू स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन वीरगन्जमा सम्पन्न

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

वीरगन्ज । हिन्दू स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन वीरगन्जमा सम्पन्न भएको छ। 

सम्मेलनको उद्घाटन गर्दै संघका सह राष्ट्रिय संघ चालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दूत्व र देशको लागि काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तिको भावना छैन, त्यो व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तिको भावना हुनुपर्छ अनि मात्र सच्चा स्वयंसेवक बन्न सकिन्छ ।’

कार्यक्रममा उनले हिम्मत, आट, जोश जाँगर र विश्वास भएको कर्मठ योद्धाहरु आवद्ध भएको संघ विश्वको ५२ वटा मुलुकमा फैलिएको समेत जानकारी दिए । मुलुकमा अहिले जबरजस्ती धर्म परिर्वतन गर्ने काम भइरहेकोमा उनले दुख व्यक्त गरे ।  ‘अहिले हामी आफनो धर्म संस्कृतिको जर्गेना गर्न सकेनौ वा हिन्दु धर्मका अनुवायीले आफनो धर्म संस्कृति अनुसारको व्यवहार र कार्य गरेन भने नेपालमा पनि धर्म संस्कृति मासिने छ’, उनले भने ।

उद्घाटन समारोह पश्चात हिन्दू स्ववयंसेवकहरुले गणवेशमा बाजागाजासहित वीरगंज नगरक्षेत्रमा मार्चपास गरेका थिए ।

ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा विभागको मैदानबाट निकालिएको मार्चपास घडिअर्वा, माईस्थान, घण्टाघर, आर्दशनगर, अलखियामठ, गणेशमान, विर्ता, मकालु होटल, कैलाश चोक हुँदै पुन ठाकुररामको शिक्षा विभागको मैदानमा पुगेर समापन भएको थियो ।

संघका पर्सा जिल्लाका सञ्चालक ललन दवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रचारक बेद प्रकाश, पशुपति शिक्षा मन्दिरका अध्यक्ष एवं उद्योगपति अशोक बैद्द, संघका जनकपुर सम्भाग सहचालक अशोक शर्मा, जनजाती कल्याण आश्रमका महासचिव प्रेम थुलुङ्ग, विश्व हिन्दू परिषद्का महासचिव जितेन्द्र सिंह, संगठन सचिव प्रहलाद रेग्मी, संघ प्रचारक रन्जीत साहलगायतको सहभागिता थियो ।


कस्तो लाग्यो ?

यो पनि