जेठ ०२, २०८१, बुधबार
               

काठमाडाैंको गोठाटारमा हिन्दु विश्वविद्यालय निर्माण हुने

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विश्व हिन्दु विश्वविद्यालय निर्माण गर्ने भएको छ। 

काठमाडाैंको कागेश्वरी मनोहरास्थित गोठाटारमा पाँच सय ३४ रोपनीमध्ये एक सय ५० रोपनीमा हिन्दु विश्वविद्यालय निर्माण गर्न लागेको हो ।

विश्वविद्यालयमा संस्कृत भाषा, संस्कृत वांगमय, पूर्वीय दर्शन, शास्त्रीय संगीत र नेपाली धर्म संस्कृतिबारे अध्ययन गराइने बताइएको छ ।

नेपालमा ८१ प्रतिशत हिन्दु धर्मावलम्बी छन् । विश्वविद्यालय सञ्चालन भएमा हिन्दु धर्मको नामबाट सञ्चालन हुने यो पहिलो विश्वविद्यालय हुनेछ । हाल नेपाल संस्कृति विश्वविद्यालयमा नेपालको पूर्वीय दर्शन र हिन्दु धर्मबारे अध्ययन हुँदै आएको छ । 

त्यस्तै, नेपालमा २०६५ सालमा बौद्ध धर्मसम्बन्धी अध्ययनका लागि लुम्बिनी विश्वविद्यालयको स्थापना भएको थियो । २०६८ सालको जनगणनाअनुसार हाल नेपालमा ९ प्रतिशत बौद्ध धर्मावलम्बी छन् । 

बौद्ध दर्शनसम्बन्धी अध्ययन तथा अध्यापन नेपाल संस्कृत र त्रिभुवनलगायत विश्वविद्यालयमा हुँदै आएको छ ।

यो पनि