बैशाख २५, २०८१, मंगलबार
               

बुढानीलकण्ठ मन्दिर खुल्यो

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको महामारीले गत चैत्र ११ पछि बन्द काठमाडौंको बुढानीलकण्ठ मन्दिर आजबाट भक्तजनका लागि खुला गरिएको छ ।

आजदेखि  स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी  बुढानीलकण्ठ मन्दिर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।

मन्दीर खुला भएपनि यसको औपचारिक घोषणा भने अहिले बिहान सवा ८ बजे हुनेछ । मन्दिर परिषरमा हुने विशेष कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मन्दिर भक्तजनका लागि पनि खुला गरिएको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।


कस्तो लाग्यो ?

यो पनि