बैशाख २५, २०८१, मंगलबार
               

सुनसान पाशुपत क्षेत्र

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । विगतका वर्ष भक्तजनको भीड लाग्ने पशुपति क्षेत्रमा आज सुनसान छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने प्रचलन भए पनि यस वर्ष कोरोनाका कारण पशुपतिनाथ क्षेत्र सुनसान भएको हो । 

पशुपति क्षेत्रमा महादीपदान गर्न पूर्णरूपमा निषेध गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको भनाइ छ ।यसका अलवा आइतबार बिहान शतबीज छर्न मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको  छ ।तर, मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा शतबीज छर्न सकिने बताइएको छ । 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने चलन छ।


कस्तो लाग्यो ?

यो पनि