बैशाख २४, २०८१, सोमबार
               

यस वर्ष अयोध्याबाट जन्ती नआउने

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । यस वर्षको विवाह पञ्चमीमा अयोध्याबाट जानकी मन्दिरमा जन्ती नआउने भएका छन् । कोरोनाका कारण यस वर्षको विवाह पञ्चमीमा जानकी मन्दिरमा औपचारिक विवाह मात्र गरिने भएको छ । 

जसका कारण विवाह पञ्चमी आउन केही दिन मात्र रहँदा जानकी मन्दिर विगतको तुलनामा सुनसान छ । विवाह पञ्चमी आउन अब एक साता मात्र बाँकी छ । 

जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासका अनुसार यस पटकको विवाह पञ्चमीमा अयोध्याबाट जन्ती आउने खबर आएको छैन ।  भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउने गरिन्छ । जनकपुरधामस्थित जानकी मन्दिरमा यो पर्व उत्सवकै रुपमा मनाउने गरिन्छ ।

यस दिन भगवान रामको जन्मस्थल अयोध्याबाट प्रत्येक वर्ष जनकपुरमा जन्ती आउने गर्दछन् । जनकपुरधामलाई माता जानकीको माइती मानिन्छ । त्रेतायुगमा भगवान राम र सीताको विवाह भए अनुसारकै प्रकृया अपनाएर यहाँ विवाह पञ्चमी मनाउने गरिन्छ ।


कस्तो लाग्यो ?

यो पनि