बैशाख १७, २०८१, सोमबार
               

आज हिन्दुहरुको पर्व ठूलो एकादशी, तुलसीको विवाह गरेर मनाइँदै

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । परम्पराअनुसार आज हिन्दुहरुको पर्व हरिबोधिनी एकादशीमा तुलसीको विवाह गरेर मनाइँदै छ । आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने प्रचलन रहेको छ ।

हरिशयनी एकादशीको दिन सबै हिन्दुहरुका घरघरमा तुलसी रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गर्ने प्रचलन रहिआएको छ । तुलसी विष्णुप्रिया भएकाले दामोदरसँग विवाह गर्ने प्रचलन छ ।

यस वर्ष हिजो (बुधबार) र आज (बिहीबा) दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले बुधबार नै एकादशी पर्व मनाएका छन् । वेदमा आधारित भई धार्मिक काम गर्नेले आज एकादशीको व्रत गरेर तुलसीको पूजा गर्छन् । 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिने गरिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत बसेर विशेष पूजा गर्छन् । 

कार्तिक महिनाभरी सबै देवता तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने धार्मिक तथा शास्त्रीय मान्यता छ । 
 

यो पनि