बैशाख १७, २०८१, सोमबार
               

शंखधर शाख्वा दिवस : आज थिमिमा सार्वजनिक बिदा

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । शंखधर शाख्वा दिवसका अवसरमा आज भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।नगरपालिकाको गत मंसिर ३ गते गरेको निर्णयानुसार आज शंखधर शाख्वा दिवस मनाउन नगरपालिकामा बिदा दिइएको प्रशासकीय अधिकृत धनकृष्ण श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।

‘यस नगरपालिकाको वडा नं. ४ मा निर्माण भएको शंखधर सामुदायिक भवनको उद्घाटन काठमाण्डौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यबाट मंगलवार बिहान ८ः३० बजे हुने र सो दिन शंखधर शाख्वा दिवस समेत मनाउने सन्दर्भमा यस नगरपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सार्वजनिक बिदा दिने यस कार्यालयको मिति २०७७–०८र०३ को निर्णयानुसार सर्वसाधारणहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सार्वजनि उक्त सूचनामा भनिएको छ ।

यो पनि