बैशाख १७, २०८१, सोमबार
               

प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट टीका

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी ओली र उनकी श्रीमती राधिका शाक्यले बहिनी कौशल्याको हातबाट टीका लगाएका हुन् । त्यसैगरी प्रधानमन्त्री ओलीले पनि बहिनी काैशल्यालाई टीका लगाइदिएका छन् ।

काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले ओलीले काैशल्मायाकाे हातबाट मात्रै टीका लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिनी कौशल्याले टीकाका साथै दूबोको माला र मखमलीको माला लगाइदिएकी छन् । 

टीका लगाउने समयमा प्रधानमन्त्री एवं उनकी पत्नी शाक्य र बहिनी कौशल्या सबैले मास्क लगाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि