बैशाख २३, २०८१, आइतबार
               

नेवार समुदायद्वारा नेपाल संवत ११४१लाई स्वागत

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड-१९ महामारीका बीचमा पनि नेवार समुदायले सुरक्षा अपनाएर नयाँ वर्षको रुपमा नेपाल संवत मनाएका छन् । 

नेवार समुदायको बाहुल्यता रहेका विभिन्न स्थानमा नेपाल सम्वत ११४१ को आवागमनलाई विभिन्न सांस्कृतिक झाँकीसहित मनाइएको हो ।  

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुररुवात गरेको स्मरणमा हरेक वर्ष मनाउँदै आइएको सो संवत नेवार समुदायले कोरोना कहरबीच यस वर्ष पनि मनाएका हुन् ।

नेपाल संवतलाई  नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको स्मरणमा यसैदिन नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । तत्कालीन अवस्थामा गरिबी निवारणमा अहम भूमिका निर्वाह गरेको भन्दै  २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । त्यसैगरी, विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरे । 

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौंमा छ।

राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको सो संवतलाई विसं २००७ सालमा प्रजातन्त्रको स्थापनापश्चात राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्पराअनुसार उनीहरु आत्मपूजा शास्त्रीय भए पनि नेवार समुदायबाहेक अन्य समुदायमा यसको प्रचलन छैन ।

आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

यो पनि