बैशाख २२, २०८१, शनिबार
               

भाइमसला अघिल्लो वर्षको तुलनामा ९० करोड रूपैयाँ कम

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

भाइटीकामा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका लगाएर दिइने उपहारमध्येको एक ‘भाइमसला’को ब्यापार मात्र हैन आयात नै घटेको छ ।

काजु, बदाम, पिस्ता, किसमिस, ओखर लगायतका सामग्रीसहितको भाइमसला अघिल्लो वर्षको तुलनामा ९० करोड रूपैयाँ कमको आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालका केही स्थानमा उत्पादन हुने बदाम र ओखरसहितका सामग्री पनि आयातमै भर पर्ने अवस्था छ । भाइमसला (नरिवल, काजु, पिस्ता, किसमिस, छोकडा, बदाम र ओखर)यो वर्ष करिब डेढ अर्बको आयात भएको छ ।

नरिवल, काजु, पिस्ता, किसमिस, छोकडा, बदाम, ओखर लगायतका सामान १ अर्ब ३८ करोड ५० लाख रुपैयाँको आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

गत वर्ष तिनै सामग्री १ अर्ब ९९ करोड २७ लाख रुपैयाँको आयात भएको थियो ।

यस वर्षको तिहारका लागि २६ करोड ५६ लाख ९८ हजार रुपैयाँको नरिवल आयात भएको विभागले जनाएको छ ।

पेस्ता

पेस्ता गत वर्षको तिहारका लागि ११ लाख ९९ हजार रुपैयाँको आयात भएको थियो । यो वर्ष भने पेस्ताको आयात घटेको छ । तिहारका लागि ६८ हजार रुपैयाँको पेस्ता आयात भएको छ । 

बदाम

गत वर्ष तिहारमा २१ करोड १८ लाख ३१ हजार रुपैयाँको आयात भएको बदाम यसपाली १६ करोड ७८ लाख १३ हजार रुपैयाँको मात्र आयात भएको छ।

गत वर्षको तुलनामा बदामको आयात घटेको देखिन्छ । बदामको आयात अमेरिका र भारतबाट हुने गरेको विभागले जनाएको छ ।

ओखर

चीनबाट आयात हुने गरेको ओखर यस वर्ष घटेको छ ।

विभागकाअनुसार यो तिहारका लागि १६ करोड ७८ लाख १३ हजार रुपैयाँको ओखर आयत भएको छ । गत वर्ष २२ करोड ३१ लाख रुपैयाँको ओखर आयात भएको थियो ।

काजु

काजु भारत र भियतनामबाट आयात हुने गर्दछ । तिहारमा धेरै खपत हुने काजुको आयात यस वर्ष झनै बढेको छ ।

यो वर्ष ३७ करोड ७६ लाख ७९ हजार रुपैयाँको काजु आयात भएको छ । गत वर्षको तिहारमा ३४ करोड ८२ लाख ८० हजार रुपैयाँ बराबरको काजु आयात भएको थियो ।

छोकडा

छोकडाको आयात पनि यो वर्ष घटेको छ । गत वर्षको तिहारमा ७७ करोड ४९ लाख रुपैयाँको आयात भएकोमा यो वर्ष ३३ करोड ११ लाख रुपैयाँको छोकडा आयात भएको छ ।

किसमिस

किसमिसको आयात पनि गत वर्षको तुलनामा घटेको छ । गत वर्ष ६६ करोड १४ लाख २५ हजार रुपैयाँको आयात भएको थियो ।

यो तिहारका लागि भारतबाट ५१ करोड ३७ लाख ८५ हजार रुपैयाँको किसमीस आयात भएको भन्सार विभागले जनाएको छ ।

नरिवल

नरिवल हरेक वर्ष भारतबाट आयात हुने गर्छ । गत वर्ष तिहारका लागि २६ करोड ८४ लाख ३३ हजार रुपैयाँको नरीवल आयात भएको थियो ।

सरकारले फलफूल तथा कृषिमा आफैँ आत्मनिर्भर हुने वर्षेनी घोषणा गरे पनि तद्अनुरूपका योजना कार्यान्वयन नहुँदा स्वदेशी उत्पादनले थेग्ने अवस्था छैन ।


कस्तो लाग्यो ?

यो पनि