बैशाख १६, २०८१, आइतबार
               

भारतीय सेनाध्यक्षकाे वसन्तपुर र पशुपति क्षेत्र भ्रमण (फोटोफिचर)

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे आज दिनभर धार्मिक क्षेत्रकाे भ्रमणमा व्यस्त बनेका छन् ।

उनले आज हनुमानढोका दरबार क्षेत्र अवलोकन गरेका छन् । आज दिउँसो उनी श्रीमती र भ्रमण टोली सहित वसन्तपुर पुगेका हुन् । नरावणेले हनुमानढोका दरबार अवलोकन गर्नुका साथै जीवित देवी कुमारीको दर्शन समेत गरेका थिए ।

त्यसपछि उनी पशुपति मन्दीरको दर्शन गर्न पुगेका थिए । श्रीमतीसहित आएका नरवाणेले पशुपति क्षेत्रको अवलोकन गरेका थिए । उनी सोल्टी होटलमा बसेका छन् ।

बिहीबार उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम छ ।

नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।


कस्तो लाग्यो ?

यो पनि