बैशाख १५, २०८१, शनिबार
               

आज पनि विजयादशमीको टीका निरन्तर

नेपाल फ्ल्यास
कात्तिक ११, २०७७

ADVERTISEMENT

दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमीको टीका मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइएको छ ।

दशैंको टीकाको दोस्रो दिन आज(मंगलबार)पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने दशैंको टीका यसवर्ष चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिमतर्फ फर्कनु पर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नु पर्ने अध्यक्ष गौतमले बताए । दशैंको कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिने गरिन्छ ।


कस्तो लाग्यो ?

यो पनि