बैशाख २२, २०८१, शनिबार
               

नेपाल पर्यटन बोर्डले पर्साभित्रै रामायण पथको खोजी गर्ने

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै रामायण पथको खोजी गर्ने भएको छ ।

जसका लागि बोर्डले चालू आवका लागि सात लाख बजेट छुट्याएको छ । यसका अलवा बोर्डले श्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन गर्ने बताएको छ । बोर्डका अनुसार रामायण पथको अध्ययन प्रदेश सरकारसँगको समन्वयमा सम्पन्न हुनेछ ।

भानुजयन्तीको अवसरमा प्रधानम्नत्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको र अयोध्या ठोरीमा रहेको बताएपछि सो क्षेत्र निकै चर्चामा छ  । प्रधानम्नत्रीको सो अभिव्यक्तिसँगै पुरातत्व विभागले अयोध्या खोज्न ठोरी क्षेत्रमा उत्खनन् गर्ने बताएको थियो ।


कस्तो लाग्यो ?

यो पनि