बैशाख ०७, २०८१, शुक्रबार
               

पशुपतिमा प्रदर्शन : 'मन्दिर बन्द गरेर कोरोना रोकिदैन'

नेपाल फ्ल्यास
असोज ०१, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमसँगै दर्शनको लागि बन्द गरिएको पशुपतिनाथ खोल्नुपर्ने मागसहित प्रदर्शन भएको छ ।

आज बहीबार (बिहान) पशुपति क्षेत्रमा शिवसेना नेपाल नामको धार्मिक संस्थाको अगुवाइमा युवासहितको समुहले प्रदर्शन गरेको हो । 

मन्दिर बन्द गरेर कोरोना संक्रमण नरोकिने भन्दै उनीहरुले पशुपतिनाथको दर्शन गर्न खुल्ला गर्नुपर्ने माग गरेका छन् । 

सुरक्षाका सबै उपाय अपनाएर पशुपतिनाथ खुल्ला गरिनुपर्ने उनीहरुको माग छ । दर्शन गर्न बन्देज लगाएर लाखौं हिन्दु धर्मालम्बीको आस्थामा चोट पुर्याउने काम भएको उनीहरुकोे तर्क छ ।

प्रदर्शनकारीको भीड बढेपछि त्यस क्षेत्रा एक सयभन्दा बढी प्रहरी  खटिएका थिए । प्रहरीले लखेटेपछि प्रदर्शनकारी तितरबितर भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि