बैशाख १७, २०८१, सोमबार
               

निषेधाज्ञाले छेकेन धर्म संस्कृतिलाई, रातो मच्छिन्द्रनाथको रथ तान्न सडकमा हजाराैँको भिड

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणको जोखिम रहेको बेला बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कुनै पनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको रथजात्राको साइत यसपछि नरहेको भन्दै रथजात्रा निकालेका हुन् ।  

रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो । ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन सुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ । तर, यस वर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन ।

तर पनि साउन १० गते नागपञ्चमीको दिन दिउँसो १२ बजेको शुभ साइतमा रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो ।  

रथमा विराजमान गराइएको चार दिनपछि रथजात्रा शुरु गर्नुपर्छ। तर कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि रथजात्रा पनि रोकियो ।  जात्रा नभएपछि स्थानीयले दैनिक रथ विराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए । 
 

यो पनि