बैशाख १५, २०८१, शनिबार
               

पशुपतिमा मास्कसहितको सोह्र श्राद्ध (फोटो फिचर)

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्धमा अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ ।

यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रभावित बनेकाे छ । 

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण घरघरमा पुगेर सोह्र श्राद्ध गराउन समस्या भएको छ ।

सम्भव हुनेले घरनजिकै रहेको देवालयमा गएर श्राद्ध गराएका छन् भने सम्भव नहुनेहरू यसको विकल्पको खोजीमा छन् । कोरोनाका कारण यस वर्षदेखि भर्चुअल श्राद्धको विषय पनि चर्चामा छ । बुधबार पशुपति क्षेत्रमा श्राद्ध गर्नेहरु छिटपुटरुपमा भेटिएका छन् ।

यो पनि