बैशाख २८, २०८१, शुक्रबार
               

वसन्तपुरमा ठडियो चीर, सुरु भयो होली पर्व

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । यस वर्षको होली पर्व औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको हो । 

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर उठाउने गरिन्छ ।

आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा वसन्तपुरमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चीर ठड्याइएको हो । 

यही फागुन २६ गते काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा होली पर्व मनाइन्छ भने तराईका जिल्लामा भोलिपल्ट (२७ गते) फागु पर्व मनाइने गरिन्छ।

२६ गते पहाडी जिल्ला र १७ गते सार्वजनिक विदा दिइएको छ । रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

धार्मिक विश्वास

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।

अन्ततः सत्यको विजय हुने मान्यताका साथ सोही बेलादेखि फागु पूर्णिमाका दिन होली पर्व मनाइँदै आएको धार्मिक विश्वास छ।


कस्तो लाग्यो ?

यो पनि