बैशाख २८, २०८१, शुक्रबार
               

सजिलो छैन, नागा साधु बन्ने तपस्या!

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

नेपाल र भारतमा मात्र नभएर जहाँ शिवधर्मीहरुको बसोबास छ, त्यहाँ धूमधामसँग शिवरात्रि मनाइँदै छ । बनारसको विश्वनाथदेखि काठमाडौँको पशुपतिनाथ र अन्य शिवालयहरूमा दर्शनार्थीको घुइँचो देख्न सकिन्छ । 

यो घुइँचोलाई नियाल्नेहरूमा भारतबाट आएका नागा बाबाका रूपमा परिचित नागा साधु पनि छन् । 

सर्वाङ्ग नाङ्गो भएर भस्म धसेर धुनी जगाइरहेका अनि गाँजा र भाँगको नशामा लठ्ठीरहेका नागा बाबा देख्दा कसैले लाजले जिब्रो टोक्छन् त कसैले उनीहरूको लिङ्ग कै दर्शन पनि गर्छन् । जलका रूपमा लिङ्गमा चढाएको पानी पनि खान्छन् ।

एउटा साधारण मानिस कसरी नागा साधु बन्छन् ? त्यसको पछाडि के कति कठिन तपस्याबाट गुज्रिनु पर्छ ? भन्ने जानकारी बिना उनीहरूले अश्लीलता फैलाइरहेको कुरा गर्छन् । त्यो कदापि सही होइन । एउटा साधारण मानिसबाट नागा साधु बन्ने तपस्याको हरेक क्षण उनीहरूमाथि कठोर निगरानी भइरहेको हुन्छ ।

नागा बाबालाई कुरीतिको पर्यायवाची मान्नेहरूले उनीहरूलाई नेपालका शिवालयहरूमा बस्न प्रतिबन्धित गर्नुपर्ने कुरा पनि गर्छन् । तर, नागा बाबाको तपलाई बुझेकाहरू भने उनीहरूको उपस्थिति बिना शिवरात्रि जस्ता महान् पर्व मनाउन नसकिने बताउँछन् । तर्क आ–आफ्नै छन् ।

कसरी बन्छन् त नागा बाबा ?

साधारण मानिसमा नागा बाबा अर्थात् नाङ्गा साधुका बारे अनेकौँ भ्रम छ । एउटा साधारण मानिस कसरी नागा साधु बन्छन् ? त्यसको पछाडि के कति कठिन तपस्याबाट गुज्रिनु पर्छ ? भन्ने जानकारी बिना उनीहरूले अश्लीलता फैलाइरहेको कुरा गर्छन् । त्यो कदापि सही होइन । एउटा साधारण मानिसबाट नागा साधु बन्ने तपस्याको हरेक क्षण उनीहरूमाथि कठोर निगरानी भइरहेको हुन्छ ।

कठिन परीक्षाको अनेकौँ चरण हुन्छन् । जसमा ती व्यक्तिले आफ्नै पिण्ड दान, तर्पणसमेत गर्नु पर्छ । यसको अर्थ कुनै हिन्दु धर्मावलम्बी मरेपछि गरिने काज–क्रियाका हरेक विधि ती व्यक्तिले आफ्ना नाममा आफैँ पुरा गर्नु पर्छ । यसले उसको मनमा वैराग्य उत्पन्न हुन्छ भन्ने भनाइ छ । नागा साधुहरूको भारतमा रहेका विभिन्न अखडा (समूह) ले लिने यस्ता परीक्षामा उत्तीर्ण हुन सकेको खण्डमा मात्र ती व्यक्तिलाई नागा साधु बनाइन्छ । यस अर्थमा नागा साधु बन्न कसैका लागि पनि सहज छैन ।

ब्रम्हचर्यको परीक्षामा उत्तीर्ण भएको खण्डमा उसलाई महापुरुषको संज्ञा दिइन्छ । साथै उसलाई पाँच जना गुरु पनि दिइन्छ, जसलाई पञ्चदेव वा पञ्च परमेश्वर भनिन्छ । त्यसपछि नागा बाबाको आभूषण मानिने भस्म, भगवा, रुद्राक्ष जस्ता वस्तु पनि दिइन्छ ।

जब कुनै व्यक्ति कुनै अखडामा साधु बन्न जान्छ भने उसलाई सिधा अखडामा प्रवेश दिंइदैन । त्यो व्यक्ति जुन अखडामा जान्छ त्यहाँ अन्य व्यक्तिहरूले आफ्नै तवरबाट उसको बारेमा सम्पूर्ण जानकारी हासिल गर्छन् । जसमा उसको परिवार कहाँ छ, पारिवारिक अवस्था कस्तो छ अनि उ किन साधु बन्न चाहिरहेको छ भन्ने सामेल हुन्छ । त्यसपछि मात्र उ साधु बन्न लायक छ कि छैन भन्ने यकिन भएपछि मात्र उसलाई अखडामा प्रवेश दिइन्छ । अखडाका प्रमुखलाई सबै कुरा सही लागेको खण्डमा मात्र उसको परीक्षा सुरु हुन्छ ।

अखडामा प्रवेश पाएपछि सबैभन्दा पहिले उसको ब्रम्हचर्यको परीक्षा लिइन्छ । ब्रम्हचर्यको परीक्षाका लागि मात्र ती व्यक्तिले घटीमा ६ महिना र बढीमा १२ वर्षसम्म खर्चनु पर्छ । अखडाका प्रमुखलाई ती व्यक्ति यौन वासना र कामनाबाट पूर्णरुपमा मुक्त भइसकेको छ भन्ने यकिन भएपछि मात्र उसलाई अघिल्लो परीक्षामा सामेल गराइन्छ ।

ब्रम्हचर्यको परीक्षामा उत्तीर्ण भएको खण्डमा उसलाई महापुरुषको संज्ञा दिइन्छ । साथै उसलाई पाँच जना गुरु पनि दिइन्छ, जसलाई पञ्चदेव वा पञ्च परमेश्वर भनिन्छ । त्यसपछि नागा बाबाको आभूषण मानिने भस्म, भगवा, रुद्राक्ष जस्ता वस्तु पनि दिइन्छ ।

महापुरुषपछि नागा बाबालाई अवधूत बनाइन्छ । त्योभन्दा अगाडि उसले कपाल काट्नु पर्छ । अवधूतका रूपमा दीक्षा लिनु पूर्व ती साधुले आफ्नै तर्पण र पिण्ड दानसमेत गर्नु पर्छ । त्यो पिण्ड दान सम्बन्धित अखडाका पुजारीले नै गराउँछन् । त्यो कार्यसँगै उ यो संसार र परिवारका लागि मरे सरह हुन्छन् ।

यही क्रममा अर्को एउटा कठिन परीक्षाबाट ती साधुले गुज्रिनु पर्छ । ‘अङ्ग भङ्ग’ का नामले परिचित यो परीक्षामा ती साधुले २४ घण्टा अखडाको झन्डामुनि नाङ्गै भएर खाना पानी बिना उभिनु पर्छ । त्यो बेला उसको काँधमा एउटा लौरो र हातमा माटोको एउटा भाँडा पनि राखिन्छ ।

यो प्रक्रियाका क्रममा अखडाका चौकीदारले चौकीदारी गरिरहेका हुन्छन् । त्यही परीक्षाका क्रममा अखडाका अन्य साधु–संतले वैदिक मन्त्रको उच्चारण गर्दै ती व्यक्तिको लिङ्गलाई झट्का दिँदै सदाका लागि निष्क्रिय बनाइ दिन्छन् । यो प्रक्रियासँगै ती व्यक्ति नागा साधु बन्छन् ।

यो पनि