बैशाख २८, २०८१, शुक्रबार
               

पाँच वर्षदेखि बाजा बजाउने मान्छेको अभाव

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

पाँच वर्षदेखि बाजा बजाउने मान्छेको अभाव


यहाँ हुने हरेक जात्रामा बाजा बजाउँदै आएका कुसुले समुदायका युवाले बाजा बजाउन छोडेपछि जात्रा आउनेबित्तिकै मान्छे खोज्नुपर्ने अवस्था आएको छ । पनौती जात्रामा बाजागाजासहित नगर परिक्रमा गर्नु यहाँको जात्राको विशेषता हो । 

    यहाँ लाग्ने जात्रामा बाजा बजाउने मान्छे नहुँदा श्रीखण्डपुर, नाला र साँगाबाट भाडामा ल्याएर समस्या टार्नुपरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताउनुभयो । “नेवार समुदाको कुसुले थरका मान्छेले मात्रै बजाउने गरेको पनौती जात्राको बाजा बजाउने मान्छेको अभाव भएपछि बाहिरबाट ल्याउनुपरेको छ”, उहाँले भन्नुभयो, “बाजा बजाउनेलाई प्रोत्साहन नभएर युवाले बाजा बजाउन छोडेको पाँच वर्षजति भयो ।” जात्रामा दमाह बाजा कुसुलेले मात्रै बजाउनुपर्ने परम्परा छ । 

    पनौतीमा नै भएकाले बजाउन छोडेपछि पछिल्लो समयमा जात्रा हुने बेलामा साँगा, श्रीखण्डपुरलगायत ठाउँबाट पैसा तिरेर मान्छे ल्याउने गरिएको छ । वडा नं ७ को स्थायी बासिन्दा रहेको ती समुदायका नयाँपुस्ताले सो पेसालाई छोड्दै गएका छन् । पुरानो मान्छे नरहनु र नयाँ पुस्ताले सीप सिक्न छोडेका कारण बाजा बजाउने मान्छेको अभाव भएको महाजुको भनाइ थियो । 

त्यससँगै पछिल्लो समयमा प्रजापति बाजाको संरक्षण गर्नुपर्ने अवस्था सिर्जना भइसकेको कर्माचार्यले बताउनुभयो । त्यसका लागि नगरपालिकाबाट नै बजेट छुट्याएर धिमेबाजा लगायतको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरेपछि युवाको उत्साहपूर्ण सहभागिताले बाजा बजाउने नयाँ पुस्ता उत्पादन भइसकेको उल्लेख गर्नुहुँदै उहाँले हिनताबोध भएर पेशा छाडेका कारण पनि सीप र बाजाको लोप हुँदै गएको बताउनुभयो ।

    पनौतीमा हुने विभिन्न जात्रामध्ये जेठ पूर्णी, सङ्कटा जात्रा, काठुगणेश, मानेश्वरी जात्रा, भद्रकाली, योमरी पुन्ही, गणेश ब्रह्मायणी, कृष्ण लगायतको जात्रामा ती समुदायका मानिसले बाजा बजाएर नगर परिक्रमा गरी आकर्षक बनाउने काम गर्दै आएका छन् । –––


कस्तो लाग्यो ?

यो पनि