बैशाख २८, २०८१, शुक्रबार
               

हिन्दु राष्ट्रको पक्षधर राप्रपा अध्यक्ष थापाले देवघाटमा गरे स्नान

नेपाल फ्ल्यास
माघ ०१, २०७६

ADVERTISEMENT

चितवन । हिन्दु राष्ट्र पुनस्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बुधबार पवित्र धार्मिकस्थलको भ्रमण तथा पूजाअर्चना गरेका छन् ।

माघे सङ्क्रान्तिका अवसरमा आज तनहुँ, चितवन र नवलपुरको जिल्ला जोडिएको देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा स्नान गरेका हुन् । 

अध्यक्ष थापाले देवघाटधाम पुगेर स्नान तथा पूजाआजा गरेका हुन् । अध्यक्ष थापासँगै उनकी धर्मपत्नी एवं राप्रपा नेतृ प्रलिता थापाले पनि पूजा अर्चना गरेको जानकारी सहायक महामन्त्री राजाराम बर्तौलाले दिए ।

सो अवसरमा थापाले तनहुँको देवघाट गाउँपालिकास्थित गलेश्वर आश्रम, हरिहर आश्रम, महेश आश्रम र गुरुकूलको अवलोकनसमेत गरेका थिए । 

अध्यक्ष थापाले स्वामी ज्ञानानन्द, रमणनान्द, कालीबाबासँग पनि साक्षात्कार गरे । देवघाट पुगेर स्नान गर्न पाउँदा ईश्वरीय आनन्दको अनुभूति भएको थापाले बताए । देवघाटमा उनले धेरै भक्तजनहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।

माघे सङ्क्रान्तिका अवसरमा देवघाटमा स्नान गर्न भक्तजनको भीड लागेको थियो । कालीगण्डकी र त्रिशुली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढाटाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै देवघाट आइपुगेका थिए ।

धर्मशास्त्रअनुसार ३३ कोटी देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने गर्दछन् ।


कस्तो लाग्यो ?

यो पनि