बैशाख २२, २०८१, शनिबार
               

आज तमु ल्होसार, गुरुङ समुदाय नयाँ वर्ष मनाउँदै

नेपाल फ्ल्यास
पुस १५, २०७६

ADVERTISEMENT

काठमाडौं । आज तमु ल्होसार । गुरुङ समुदाय हर्षोल्लासका साथ आफ्नो नयाँ वर्ष मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ । त्यसैले आजको दिनलाई ल्होसार भन्ने गरिएको हो । 

गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व धुमधामका साथ मनाइँछ । राजधानीमा पनि तमु ल्होसारको अवसरमा विशेष कार्यक्रम हुने गरेको छ ।

यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् । सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास छ ।

गण्डकी प्रदेश सरकारले तमु ल्होसारमा सार्वजनिक विदा दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि