बैशाख २१, २०८१, शुक्रबार
               

विश्वभर हिन्दू जागरण तीब्र : सौमित्र गोखले

नेपाल फ्ल्यास
पुस ०२, २०७६

ADVERTISEMENT

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले परिवार मिलन कार्यक्रम आयोजना गरेको छ ।

संयुक्त राज्य अमेरिकाबाट पाँच दिनको नेपाल प्रवासमा आएका संघका अन्तर्राष्ट्रिय संयोजक सौमित्र गोखलेको विशेष उपस्थितिमा काठमाडौँ उपत्यकामा भएका कार्यकर्ता परिवारको समागम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता गोखलेले संघको कार्य विश्वका विभिन्न ४५ देशमा चल्दै गरेको बताए । आफू स्वयं अमेरिका, क्यानाडा, क्यारीबियन देशहरूमा संघको प्रचारक रही कार्य गरेका गोखलेले आजको समयमा विश्वमा हिन्दुत्वको जागरण हुन थालेको बताए ।

विश्वले झेल्नुपरेको स्वास्थ्य, पारिवारिक विखण्डन, सामाजिक विद्वेषदेखि अनैतिक प्रतिस्पर्धा, आतंकवाद अन्त्यका लागि विश्वको दृष्टि आज हिन्दू दर्शन, हिन्दू चिन्तन, योग, आयुर्वेद, संस्कृत आदितर्फ मोडिएको उनले जानकारी गराए ।
 
शिक्षा, स्वास्थ्य, व्यापार मात्र नभएर समाजहितको कार्यमा पनि हिन्दू समाजको योगदानलाई आज विश्वका विभिन्न राष्ट्रले स्वीकार्न थालेको गोखलेले बताए । यस्तो परिवर्तनमा हिन्दू स्वयंसेवक संघसहित विभिन्न हिन्दू आध्यात्मिक, सांस्कृतिक संगठनहरूको विशेष योगदान रहेको उनले उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता पूर्व एआईजी कल्याण तिमल्सिनाले गरेका थिए । राई स्कुलका प्रिन्सिपल कीर्ति पाण्डेयको संयोजकत्व रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि