बैशाख २१, २०८१, शुक्रबार
               

सिद्धबाबालाई पठाएकी थिइन् आरोप लगाउने महिलाले नै ५२ पृष्ठ लामो अश्लील सन्देश
ब्ल्याकमेलिङमा असफल भएपछी प्रहरीको शरणमा

नेपाल फ्ल्यास
मंसिर १३, २०७६

ADVERTISEMENT

काठमाडौः बलात्कारको आरोपमा सिद्धबाबा कृष्णदास गिरिलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएपछि घटनाले नयाँ मोड लिएको छ । सुनसरीको चतरास्थित उनकै आश्रमबाट प्रहरीले गिरिलाई नियन्त्रणमा लिएपछि प्रहरीले सुरु गरेको अनुसन्धानको पहिलो कडीले नै उनी निरपराध रहेको संकेत गरेको हो ।
बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई शुक्रबार बिहान सुनसरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले उनलाई सार्वजनिक गरिने समेत बताएका छन्।  बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबालाई म्यासेज पठाएकी छन्, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो हो? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो?’
गिरिमाथि कात्तिक ४ गते एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्।
तर यस घटनामा नयाँ ट्विस्ट आएको छ। बलात्कारको आरोप लगाएकी महिलाले नै विगत ६ महिनादेखि सिद्धबाबालाई पटक पटक यति लामो च्याट गरेकी थिइन् कि, डाउनलोड गरेर निकाल्दा सो च्याट मात्र ५२ पेज पुगेको छ।
नेपाल लाइभलाई प्रहरी स्रोतबाट प्राप्त उक्त च्याटमा ती महिलाले एकतर्फी रुपमा म्यासेज पठाएको देखिएको छ। जहाँ उनले सिद्धबाबालाई भेट्न, पाउँ, चुम्बन गर्न पाउँ, अंगमाल गर्न पाउँ भन्ने खालका म्यासेज पठाएकी छिन्। नेपाल लाइभलाई प्राप्त च्याटका कुराले ती महिला सिद्धबाबासँगको एकोहोरो प्रेममा परेको देखिन्छ। ती महिलाले ६ महिनादेखि यसरी निरन्तर म्यासेज गरे पनि सिद्धबाबाले भने कुनै रिप्लाई गरेको देखिँदैन।
महिलाले पठाएको च्याटमध्ये एक ठाउँमा लेखिएको छ, ‘जय सिताराम हे प्राणनाथ जुन चरण चुम्न यो मन आतुर छ, ती कोमल चरणमा कोटी कोटी नमन, कसम खाएर नी लेखेसी भन्ने सोचिसिन्छ होला। जे सजाय पनि भोग्न तयार छु। हजुरको मन त मेरो लागि कठोर छ। तर म हजुरलाई पाउन तड्पिरहेको छु। मेरो मनको पीडा हजुरलाई के थाहा?’
यसरी ती महिलाले सिद्धबाबालाई भेट्न तड्पिएको भन्दै 'लभ साइन'सहितका म्यासेज निरन्तर पठाउने गरेकी थिइन्।
सिद्धबाबालाई आरोप लगाउने ती महिलाले म्यासेजमा लेखेकी छन्, 'हे प्यारा हजुरको यादमा जुन तरंगले मलाई छुन्छ के यो झुटो हो र? हजुरको अंगालोमा बेरिएर संसार भुल्न मन छ। थोरै माया बर्साए कस्तो हुन्थ्यो होला?’
बलात्कार आरोप लगाउने ती महिलाले सिद्धबाबालाई गरेको म्यासेज यतिमा मात्र पुगेर टुंगिँदैन। उनले पठाएका भेट्ने र चुम्नेसम्मका म्यासेज नेपाल लाइभले प्राप्त गरेको छ। जहाँ लेखिएको छ, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो हो? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो?’ भन्दै सिद्धबाबालाई प्रश्न गरेकी छन्। तर सिद्धबाबाले कुनै उत्तर दिएको भने देखिँदैन।
यसरी विगत ६ महिनादेखि सिद्धबाबालाई निरन्तर म्यासेज गरेर भेट्न र चुम्न अनुनय/विनय गर्ने ती महिलाले नै सिद्धबाबाविरुद्ध  बलात्कारको उजुरी दिएकी हुन्। ती महिला सुरुमा सिद्धबाबाविरुद्ध उजुरी दिन भन्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै सिआइबी जान सुझाएपछि उनी सिआइबी पुगिन्। आफूकहाँ आएको जाहेरी सिआइबीले सुनसरी प्रहरीलाई पठाएपछि सिद्धबाबा प्रहरी नियन्त्रणमा परेका हुन्।
उनी निर्दोष हुन् या दोषी भन्नेबारे अनुसन्धान बाँकी नै छ। भर्खरै नियन्त्रणमा लिइएकाले उनीमाथि अनुसन्धान सुरु भइनसकेको प्रहरीले जनाएको छ। सिद्धबाबाका अनुयायीहरूले भने उनलाई फसाउन नाटक रचिएको दाबी गरेका छन्।
यसअघि ती महिला र उनका पतिले बाबासँग रकमके माग गरेर ब्ल्यामेलिङको प्रयाससमेत गरेको बताइन्छ । तर, त्याे प्रयास असफल भएपछि उनी प्रहरी समक्ष पुगेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि