बैशाख २१, २०८१, शुक्रबार
               

सुरू भयो एक महिने गढीमाई मेला

नेपाल फ्ल्यास
मंसिर ०१, २०७६

ADVERTISEMENT

कलैयाः एक महिनासम्म चल्ने गढीमाईको पञ्चवर्षीय मेला आइतबारदेखि सुरु भएको छ । एक महिनामा लाखौ श्रदालु तथा भक्तजनले सहभागिता जनाउने यो मेला विश्वमै सर्वाधिक पशुबलि दिइने मेलाका रूपमा परिचित पनि छ । दक्षिण एशियाकै सर्वाधिक भक्तजनको सहभागिता हुने मेलाका रूपमा समेत गढीमाइको मेला प्रसिध्द छ ।
जसले गढीमाईको दर्शन गरेर भाकल गर्छ र पुरा हुन्छ भने उनले अउँदो मेलामा पशुबलि दिनुपर्ने मान्यता छ । यो मेलामा गढीमाइ माताके दर्शा गर्न भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित विभिन्न स्थान तथा बंगलादेश, भुटान र नेपालका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्छन् ।
मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि गढीमाइका बहिनीहरू कटबासीमाई, ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ । यसपछि अन्य दर्शनार्थीहरुको लागि दर्शन खुला गरिने मुल पुजारी मंगल चौधरीले जानकारी दिए ।
यसपटक एक करोड दर्शनार्थी गढिमाई पुग्ने गढीमाई मुल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहको दावी छ । पुजारीहरुको समूहले १७ गते वनमा गई तान्त्रिक पूजा गरी भेटिएको सेतो मुसासहित बोका, लोकल कुखुरा भाले, सुगुंर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफै प्रज्वलित हुने भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि