बैशाख २१, २०८१, शुक्रबार
               

अयोध्यामा हिन्दुको जित, बन्ने भयो राम मन्दिर

नेपाल फ्ल्यास
कात्तिक २३, २०७६

ADVERTISEMENT

लामो समयदेखि हिन्दु कि मुस्लिमको भनी विवादित भारत अयोध्याको जग्गा अन्तत हिन्दुको ठहर भएको छ । राम जन्मिएको पवित्र भूमिको सो जमिनमा हिन्दुहरुको जित भएको छ ।

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गा रामकै मन्दिर हुने फैसला गरेको हो । अब विवादास्पद जमिनमा राम मन्दिर बन्ने भएको छ ।

लामो समयदेखि विवादित र जटिल मुद्दामा फैसला सुनाउँदै मुस्लिम समुदायलाई वैकल्पिक स्थानमा जग्गा दिने सर्वोच्च आदेश दिएको छ । मुस्लिम पक्षलाई मस्जिद बनाउन पाँच एकड जमिन दिन केन्द्र सरकारलाई आदेश दिएको छ ।

भारतीय सर्वोच्चका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षताको पाँच सदस्यीय न्यायिक बेन्चले सर्वसहमतिमा विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको हो । विवादित जमिन २.७७ एकड थियो ।

अदालतले केन्द्र सरकारलाई तीन महिनाभित्र ट्रस्ट बनाएर त्यसलाई कार्यान्वयन ल्याउन निर्देशन दिएको छ । मुसलमान समुदायले चाहेमा मस्जिद बनाउन अलगै ठाउँमा ५ एकड जमिन दिने निर्णय समेत अदालतले गरेको छ । 

फैसलामा 'आर्किलोकिल सर्वे अफ इन्डिया(अएसआई)को उत्खनन र अनुसन्धानबाट प्राप्त भएको सामग्रीले विगतमा बाबरी मस्जिद रहेको स्थानमुनि अन्य संरचना भेटिएको र त्यो इस्लामिक ढाँचा अनुरूप छैन । यसको अर्थ बाबरी मस्जिद खाली स्थानमा बनेको थिएन’ भन्ने उल्लेख छ ।

फैसलामा अनुसन्धानमा मस्जिद अन्य संरचना भत्काएर बनाइएको देखिए पनि त्यो मन्दिर रहे–नरहेको पुष्टि गर्न नसकिने उल्लेख छ ।

सन् १८५५ मा दुई धार्मिक समुदायबीच बाबरी मस्जिदको स्वामित्वबारे विवाद सुरु भएको थियो । विवाद समाधानका लागि बाबरी मस्जिदको बाहिरी भागमा हिन्दुको लागि खुल्ला गरिएको थियो । 

फैसलासँगै भारतमा दङ्गा भड्किन सक्ने भन्दै सुरक्षा अवस्था कडा बनाइएको छ ।

केन्द्र सरकारका रक्षामन्त्री राजनाथ सिंहले फैसलाको स्वागत गर्दै फैसला सन्तुलित भएको टिप्पणी गरेका छन् । 

सर्वोच्चको फैसलालाई प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेसले पनि स्वागत गरेको छ।

गृहमन्त्री अमित शाहले सर्वोच्चको फैसला ऐतिहासिक भएको भन्दै भारतको एकता, अखण्डता र महान् संस्कृतिमा बल पुगेको जनाएका छन् ।

स्वामित्व विवादका कारण सन् १९९२ मा हिंसा भड्किँदा कैयौँ मानिसको ज्यान गएको थियो । 

त्यसयता अयोध्या राजनीतिक दलका लागि मसला बन्दैआएको थियो । अयोध्यामा राम मन्दिर बनाउने उद्घोष मोदीले चुनावताका गर्ने गरेको र काँग्रेस आइले भाजपाले धर्मलाई चुनावी हतियार बनाएको आरोप लाग्दैआएको थियो ।


कस्तो लाग्यो ?

यो पनि