‘विश्वमाता गौशाला सेवा समिति यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं । कृपया, गौविरोधी प्रवेश नगरिदिनुहोला ।’ प्रवेशद्वारमा झुण्डिएको बोर्डमै लेखिएको छ ।
नवलपरासीको कावासोती–३, विश्वकर्मा मन्दिर परिसरमा पर्ने विश्वमाता गौशाला सेवा समिति ‘गोवर्द्धन धाम’ ले पनि चिनिन्छ । त्यही गौशालाका गोठाला हुन्, नरप्रसाद सुनार । स्थानीय जातका ७० वटा गाईलाई घाँसपराल गर्नु उनको नित्यकर्म हो । ‘आत्रेय’ गोत्रका नरप्रसाद ४८ वर्षका भए । सात वर्षदेखि उनी छाडा छाडिएका गाईको सेवामा लागिरहेका छन् । सुरुवातमा उनले कावासोतीको पूर्वपश्चिम राजमार्गमा भेटिएका दुईवटा छाडा गाईलाई संरक्षण दिएका थिए । अहिले विश्वमाता गौ सेवा समितिमा ७० वटा गाई छन् ।
छुस्स दाह्री, फुस्रा आँखीभौं, लामा जगल्टे कपाल र धोती–पाइजामा लगाउने नरप्रसाद सुनार स्थानीय विश्वकर्मा मन्दिरका पुजारी पनि हुन् । उनको हुलिया झट्ट हेर्दा कुनै जोगी वा पंडित जस्तो पनि देखिन्छ । तर उनी माग्दै भने हिँड्दैनन् । तर, उनी कावासोती भरिका प्रख्यात कर्मकाण्ड गर्ने पण्डित पनि भने हुन् । लामो टहरोमा गोठ छ । बिचमा डुँड छ । दुवै छेउ गाईहरू लस्करै बाँधिएका छन् । ती गाईहरू हेर्दा कुनै किसानले गाईपालन व्यवसाय गरेझंै लाग्छ । तर उनी गाईपालन व्यवसायमा होइन, मात्र गाई सेवामा लागेका हुन् ।
नेपाल सरकारको पशुपंक्षी मन्त्रालयले उपलब्ध गराएको तीन लाख रूपैयाँको सहयोगमा गोठ निर्माण भएपछि गौमाता सेवामा थप ऊर्जा मिलेको छ, उनलाई । विश्वकर्मा मन्दिरमा दियो–कलश गरेपछि बाँकी समय गाईबाच्छा स्याहारमै बित्छ । गाईको गाला कन्याउँदै उनी भन्छन्, ‘गौमाताको संरक्षणमा लागेको छु, भगवान्ले हेर्लान् नि !’
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म गौमाताको सेवामै तल्लीन हुन चाहन्छन् । तर इष्टमित्रहरूले बोलाएका कामहरू पनि भ्याउनुपर्छ । गौसेवामा अन्तर आत्मादेखि नै आनन्द आउने उनको अनुभव छ । गोठालो जाँदा परमानन्द पाउँछन् । गाईका बाच्छाहरू खेल्दा, बहरहरू आपसमा लड्दा अनि गाईबीचको हानाथापले उनलाई गद्गद् बनाउँदो रहेछ ।
माघको पारिलो घाममा तातिएका बाच्छा–बाच्छीहरू यताउता रल्लिएका छन् । तिनमा मात्र नौवटा दुहुना गाई छन् । तर गौमाता सेवा संघले कुनै पनि गाई दुहँदैन । सबै दूध ती बाच्छा–बाच्छीले नै खान्छन् । उनी भन्छन्, ‘गाईको दूध दुहेर व्यवसाय गर्नु छैन मलाई ।’
अर्को पर्खालविनाको लामो टहरो पनि छ । जो व्यक्तिगत सहयोगबाट बनेको हो । २० वटा गाई बाँधिएका छन् । गाईलाई माया गर्नेहरूको मनकारी मनले दिएको सहयोगले सुनारले दर्जनौं गाईको संरक्षण गरिरहेका छन् । नौवटा गाई ब्याएका पनि छन् । ती बाच्छा–बाच्छीको बुर्कुसीले विश्वमाता गौशालालाई थप रोमाञ्चित बनाइदिएको छ । पारिलो घाममा आङ तन्काउँदै बसेका अनेक रङका बाच्छाबाच्छी सुम्सुमाइरहूँ लाग्छन् नै ।
दलितका पुजारी पनि
वैदिक लोकल गाईको सेवा गरौं, रोगव्याधी र अकाल मृत्युबाट बचौं ।’
यो वाक्य सुनारले चढ्ने स्कुटरको स्टेरिङको बीचमा राखिएको प्लेकार्डमा लेखिएको छ । तयो स्टेरिङमा दुईवटा झण्डा छन् । एउटा, नेपालको राष्ट्रिय झण्डा । अर्को, सनातन हिन्दूधर्मको पहिचान दिने गेरु रङको झण्डा । यी दुवै हाते झण्डा हुन् । यही झण्डा फरफराउँदै स्कुटी चलाउँछन्, आत्रेय । र, पुग्छन्, कर्मकाण्ड गर्न गाउँघरमा । ८ वर्षदेखि उनी कर्मकाण्ड गर्दै आइरहेका छन् । पाण्डित्याईंलाई उनले व्यावसायिक बनाएका त छैनन्, तर उनलाई चिनेकाले भने बोलाइरहन्छन् । उनी नाईंनास्ती पनि गर्दैनन् । उनी भन्छन्, ‘हामीहरूले पनि देवकर्म, पितृकर्म गर्न पाउनु पर्छ ।’
उनलाई सबै पुराणका श्लोकहरू कण्ठस्थ छन् । उनले कुनै संस्कृत विद्यालयमा गएर आर्जेको ज्ञान होइन यो । स्वतः अन्तर्हृदयबाट प्रस्फुटन भएको उनी बताउँछन् । उनी भन्छन्, ‘म साक्षर मात्र हुँ । पछिल्लो समय सरस्वतीले कृपा गरिदिनुभयो ।’ कर्मकाण्ड कर्मले उनलाई कावासोतीभरि चिनाएको छ । हिन्दूधर्मभित्रको सोह्रकर्म गर्न दलितले पनि पाउनुपर्छ भन्ने उनको तर्क छ । वैदिक परम्परा मान्दै आएका दलितहरूलाई, मान्छे नै होइन भन्ने व्यवहार गरिन्छ । त्यो गैर दलितहरूको भ्रम ठान्छन्, उनी ।
न्वारान, विवाह, श्राद्ध आदि गराउँछन्, उनी । कहिलेकाहीं उनलाई भ्याइनभ्याई हुन्छ । उनी कर्मकाण्ड गराउन बसेका बेला पनि गाईहरू सम्झिरहन्छन् । एउटा घरमा पाण्डित्याईं गरेर तीन हजारसम्मको भेटी उठाएका छन् । न्वारान, किरियाकर्म, सत्यनारायण पूजापाठहरू पनि उनले गरिदिँदै आएका छन् । पात्रो हेरेर ग्रह नक्षत्रहरू पनि हेर्छन् नै, उनी ।
बाहुन क्षेत्रीले बोलाए भने पनि जाने सोचमा रहेको उनी बताउँछन् । त्यो दिनको पर्खाइमा अझै छन्, उनी ।

कृष्णलीलाका आधाभन्दा बढी लीला, गोठाले जीवनमा देखिन्छ । जन्मेपछि न्वारान पनि गौशालामा हुन्थ्यो । नर र नारीको मिलनबाट जन्मिएका कृष्ण भगवान बन्नुमा पनि उनी गाईहरूकै ठुलो योगदान देख्छन् । गाईको दूध खाएपछि मात्र गौतम बुद्धलाई बुद्धत्व प्राप्त भएको उनको तर्क छ । उनका अनुसार यशु ख्रिस्ट गाईको डुँडमा जन्मिएका थिए भने कृष्ण त गाई गोठाला नै थिए ।

गोठालो हुनुको बेग्लै मज्जा
हिन्दुहरूको तेत्तीसकोटी देवी–देवताको वासस्थान गौमाताको स्याहारमा छुन नहुने हिन्दु खटिएका छन् । वेदशास्त्र, पुराण उपनिषद्हरू तयार हुनुअघि ब्रह्मा, विष्णु, महेश्वरलाई आमा भएर दूध खुवाउने गौमाता नै थिइन् । गौमाताको उत्पत्ति आदिम कालमै भएको मान्छन्, उनी ।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म गौमाताको सेवामै तल्लीन हुन चाहन्छन् । तर इष्टमित्रहरूले बोलाएका कामहरू पनि भ्याउनुपर्छ । गौसेवामा अन्तर आत्मादेखि नै आनन्द आउने उनको अनुभव छ । गोठालो जाँदा परमानन्द पाउँछन् । गाईका बाच्छाहरू खेल्दा, बहरहरू आपसमा लड्दा अनि गाईबीचको हानाथापले उनलाई गद्गद् बनाउँदो रहेछ ।
भन्छन्, ‘वैदिक परम्परामा मानव गोष्ठी गर्ने भनेको नै गौशालामा थियो ।’
कृष्णलीलाका आधाभन्दा बढी लीला, गोठाले जीवनमा देखिन्छ । जन्मेपछि न्वारान पनि गौशालामा हुन्थ्यो । नर र नारीको मिलनबाट जन्मिएका कृष्ण भगवान बन्नुमा पनि उनी गाईहरूकै ठुलो योगदान देख्छन् । गाईको दूध खाएपछि मात्र गौतम बुद्धलाई बुद्धत्व प्राप्त भएको उनको तर्क छ । उनका अनुसार यशु ख्रिस्ट गाईको डुँडमा जन्मिएका थिए भने कृष्ण त गाई गोठाला नै थिए ।
गाईको दूधबाट औषधी बनाउने सपना छ, आत्रेयको । त्यो औषधीले आफ्नै गाउँघरमा बिरामी परेकाहरूलाई निको पारेको हेर्ने रहर छ, उनलाई । वैदिक परम्पराले देउताका रूपमा पुजिएका ‘विष्ठानीय जात’का स्थानीय गाई उनले बढी संकलन गरेका छन् । दूध व्यापारीले अन्य विकासे गाई भित्राउँदा लोकल गाईहरू मर्कामा पर्नुका साथै लोप पनि हुँदै गइरहेका छन् । उनी भन्छन्, ‘गाईविना हिन्दधर्म कहिले पूर्ण हुन सक्दैन ।’
सातजनाको परिवारको जिम्मेवारी पनि छ, उनको काँधमा । यता सिंगो गौमाताको संरक्षणमा लागिपरेका छन् । घरकाले उनलाई ‘पागल’कै उपमा दिएका छन् । ‘बहुलाउने भो जगल्टे’भनेर कहिलेकाहीं उनका पछाडि कुरा काट्ने गरेका छन् । तर, पण्डित आत्रेय विचलित नभई गौमाताको सेवामा अनवरत लागिरहेका छन् ।