बडादशैँको आज बाह्रौ दिन । आज द्वादसी । आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाई आशिर्वाद लिँइदै छ ।
विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा आफन्त टाढा भएकाहरुले आज टीका लगाई आशिर्वाद लिने गर्दछन् ।
विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन छ ।
काठमाडौं उपत्यकामा मानिसहरु फर्कन थालेकोले चहलपहल बढ्न थालेको छ ।