बैशाख २२, २०८१, शनिबार
               

आज एकादशी, मान्यजनहरुसँग टीका लगाई आशिर्वाद लिइँदै

नेपाल फ्ल्यास
असोज २२, २०७६

ADVERTISEMENT

आज एकादशी तिथि । आज पनि मान्यजनको हातबाट टीका लगाई आशिर्वाद लिने चलन छ ।

टीकाका दिन टीका थाप्न नभ्याएकाहरुले आज टीका लगाउँदै छन् ।

गाउँघरमा स्वदेश तथा विदेशमा भएका मित्रहरु आजको दिनमा भेटघाट गरी रमाइलो गर्ने गर्दछन् ।

फूलपाति पछि सुनसान बनेको काठमाडौंमा आज चहलपहल केही बढेको छ । हिजो टीका लगाएकाहरु अब विस्तारै काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ ।

हिजो टीका लगाउन छुटेकाहरुले दसैको पूर्णिमासम्मनै आफन्त र मान्यजनको हातबाट टिका लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दशैंमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

आज गुरु पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

देशका केही स्थान र समुदायमा भने हिजो एक दिन मात्रै टीका लगाउने चलन छ । पापमा अंकुश लगाउने विश्वासका साथ आजको दिनलाई ‘पापान्कुस’ एकादशी पनि भनिन्छ । घटस्थापनाका दिन राखेको जमरा कोजागत पूर्णिमाका दिन बिसर्जन गरेसँगै असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने दशैं सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि